सोमबार, पुष ०८, २०८१

अब सुविधाको खोजीमा सहर पस्नुपर्ने अवस्था छैन : चेतनारायण आचार्य


अर्घाखाँची, २२ मङ्सिरः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारलगायत विकास पूर्वाधार गाउँ केन्द्रित भइरहेकाले सुविधाका लागि सहर पसेकाहरूलाई ‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने बताउनुभएको छ ।

आज मालारानी गाउँपालिका–२ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयको स्वर्णजयन्ती महोत्सव उद्घाटन गर्दै उहाँले तीन तहका सरकारले गाउँ केन्द्रित विकासलाई प्राथमिकतामा राखेर सुविधा पु¥याइरहेका सन्दर्भमा अब यस्तो अभियान जरूरी रहेको बताउनुभएको हो । “हामिले गाउँमा विकास र सुविधा पु¥यायौँ । त्यही सुविधाका लागि सहर पसेकाहरू गाउँ फर्कन आवश्यक छ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “अब राम्रो स्कुलमा पढाउनकै लागि घरमा ताला लगाएर सहर पस्नुपर्ने अवस्था छैन । रोजगारी सिर्जनाका लागि पनि अब गाउँ फर्किएर उद्यम गर्न सकिन्छ । त्यो अवसर विकास भएको छ ।

उहाँले राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी तथा समाजका अगुवाले यस अभियानलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । “राजनीतिक दलका कार्यकर्ता पनि अब उद्यमशील बन्नुपर्छ । व्यावसायिक बनेमा स्विदेशमै राम्रो कमाई गर्न सकिन्छ भन्ने सन्देश फैलाउन पनि उत्पादनसँग जोडिनै पर्छ”, मुख्यमन्त्री आचार्यको भनाइ थियो ।

यसैगरी उहाँले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर गुणस्तर सुधार्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताउनुभयो । “गुणस्तरीय शिक्षा र नतिजा सुधार्न एउटा पक्षले मात्रै ख्याल गरेर हँुदैन । यसमा शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालयय व्यवस्थापन पक्ष, जनप्रतिनिधि सबै साझा रूपमा अघि बढ्न सक्नुपर्छ । गत वर्षको एसइई नजिता सन्तोषजनक भएन । यसपालिको नजिता सुधार गर्न सबै चिन्तित र संवेदनशील बन्नै पर्छ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो ।

कार्यक्रममा विद्यालयको शैक्षिक विकासमा योगदान पु¥याउने विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading