१२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलको टिकट तीन दिनअघि नै सोल्ट आउट भएको छ । विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच मंसिर १५ गते हुने उद्घाटन खेलको टिकट तीन दिन अघि सोल्ड आउट भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
‘टीयूको कूल क्षमता १२ हजार जति छ । त्यसमा भिआईपी टिकट १२०० रहेकोमा ८०० बिक्री गरिएको छ । नर्मलतर्फ लगभग सबै टिकट सोल्डआउट नै भइसकेको छ’ लामाले भने ।
टियू मैदानमा सिद्धार्थ बैंक जोन पनि छुट्याईएको छ । जुन मुख्य प्रायोजकको लागि हो । यसपटक क्यानले टीयूमा दर्शकहरुको सुविधाका लागि फ्यान जोन छुट्याएर टिकट विक्री गरेको थियो । मंसिर १० गते बेलुका ८ बजेबाट क्यानले टिकट बिक्री खुला गरेकोमा तीन दिनमै टिकट सोल्ड आउट भएको हो ।
मंसिर १५ गतेदेखि सुरू हुने एनपीएलमा ८ टिम सहभागी छन् ।