मङ्गलबार, पुष ०९, २०८१

ह्वाईट हाउसदेखि सिनेट र प्रतिनिधि सभासम्मै ट्रम्पको रिपब्लिकन पार्टी अगाडि


२१ कात्तिक, काठमाडौं । कयौँ दशकपछि अमेरिकी चुनावमा रिपब्लिकन पार्टीको झन्डा फहरिने देखिएको छ । लामो समययता पहिलो पटक हो कि रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपतिको रूपमा ह्वाइट हाउसमा बस्नुको साथै अमेरिकी कांग्रेसको माथिल्लो सदन सिनेटमा पनि बहुमत प्राप्त गर्ने पार्टी बन्ने क्रममा छ । प्रतिनिधिसभामा पार्टी बहुमततर्फ अघि बढेको छ । अमेरिकामा तीनवटै ठाउँमा एउटै दलको वर्चस्व विरलै देखिन्छ ।

बुधवार मध्यान्ह १२ बजेसम्म इलेक्टोरल भोटको गणनामा डोनाल्ड ट्रम्प निकै अगाडि थिए । २४७ इलेक्टोरल भोट ट्रम्पले पाउँदा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले २१४ प्राप्त गरेकी छिन् । पछिल्लो प्रक्षेपणलाई हेर्दा ट्रम्पले ३०६ इलेक्टोरल भोटमा जित हात पार्ने देखिन्छ । कमला ह्यारिस २३२ इलेक्टोरल भोटका साथ निकै पछि पर्ने देखिएकी छिन् । जबकि १०० सदस्य रहेको सिनेटमा रिपब्लिकन पार्टीले ५१ सिट जितेर बहुमत हासिल गरेको छ । यसलाई रिपब्लिकनले अमेरिकी संसदको मुख्य सदन कब्जा गरेको भनेर भन्दा पनि भयो ।

यहाँ डेमोक्रेटिक पार्टीको ४२ सिट मात्रै छ । अब कुरा गरौँ तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको । यसमा रिपब्लिकन पार्टीले अहिलेसम्म १८६ सिट जितेको छ भने डेमोक्रेट १६० सिटमा पुग्न सकेको छ । यहाँ जुन पार्टीले २१८ सिट पाउँछ ? उसैको बहुमत हुन्छ । राष्ट्रपतिसँगै दुवै सदनमा रिपब्लिकन पार्टीको वर्चस्व रह्यो भने डोनाल्ड ट्रम्पका लागि आगामी कार्यकालमा सबै कुरा सहज हुनेछ ।

अमेरिकी सिनेट जसमा १०० सिनेटर हुन्छन् । प्रत्येक अमेरिकी राज्यबाट दुई सिनेटरहरू चयन गरेर यहाँ आउँछन् । कांग्रेसको तल्लो सदनलाई प्रतिनिधिसभा भनिन्छ । जसमा ४ सय ३५ सदस्य छन् । यी सदस्यको कार्यकाल दुई वर्षको हुन्छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading