१६ कात्तिक, काठमाडौं । नेपाल भाषाका प्रसिद्ध लेखक तथा अधिकारकर्मी मल्ल के. सुन्दरले लेख्नुभएको ‘नेपाल संवत् र भिन्तुना आन्दोलन’ पुस्तकको आज यहाँ लोकार्पण गरियो ।
न्हूदँ ११४४ राष्ट्रिय समारोह समितिको आग्रहमा भाषिक अभियानकर्ता मल्लले अभिलेखीकरण गर्नुभएको पुस्तकको नेपालीमा भाषानुवाद भएर प्रकाशित यस पुस्तकको कथाकार हितकरवीरसिंह कंसाकार, न्हूदँ राष्ट्रिय संरक्षण समाजका अध्यक्ष प्रा.डा.नरेशमान बज्राचार्य, न्हूदँ राष्ट्रिय समारोह समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य र साहित्यकार डा. पुष्पराज राजकर्णिकारले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो । नेपाल भाषाको उक्त पुस्तकलाई राकेश महर्जनले नेपाली भाषामा अनुवाद गर्नुभएको हो ।
पुस्तकमाथि टिप्पणी गर्दै न्हूदँ ११४५ राष्ट्रिय समारोह समितिका अध्यक्ष श्रेष्ठले नेपाल संवत्लाई सरकारबाट मान्यता प्राप्त हुनु संघीयताका कारण हो, संघीयता भनेको संरचना मात्र होइन, भिन्न भिन्न समुदायलाई राज्यको हरेक निकायमा हिस्सेदारी प्रदान गर्ने र स्रोत बाँडफाँड मार्फत सशक्तीकरण गरेर लाने सिद्धान्त पनि हो, त्यसकारण संघीयता काम लाग्दैन भन्नेहरु गलत छन् भन्नुभयो ।

कथाकार कंसकारले भाषा र संस्कृतिलाई जगेर्ना गर्न प्रतिबन्धित कालदेखि नेवाः अगुवाहरुले आन्दोलन गर्दै आएको स्मरण गर्दै न्हूदँ वा नयाँ वर्ष शुरु हुने दिन म्ह पुजामा आफूलाई पुज्ने भन्नुको अर्थ विश्वका सम्पूर्ण मानव जाति र प्राणीलाई सम्झेर सम्मान अर्पण गर्ने नेवाः संस्कृति हो भनेर बुझ्नु आवश्यक छ भन्नुभयो ।
न्हूदँ संरक्षण समाजका संयोजक डा बज्राचार्यले नेपाल संवत् र भिन्तुना आन्दोलनको इतिहारबारे नेवाः समुदायलाई भन्दा बढी प्रशासक, पार्टी कार्यकर्ता, सञ्चारकर्मी र गैरनेपाल भाषीहरुमाझ प्रचार-प्रसार गनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
लेखक मल्ल के सुन्दरले नेपाल संवत् र भिन्तुना आन्दोलनमा निहीत लोक-कल्याणकारी दर्शन र सामाजिक मूल्यलाई समाजमा उजागर गर्नुपर्ने बताउनुभयो । यो पुस्तक भोलि बसन्तपुरमा हुने सार्वजनिक शुभकामना समारोहमा मुख्य अतिथि सँगसँगै उपस्थित हुने सम्पूर्ण महानुभावहरुलाई प्रदान गरिने भएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












