मङ्गलबार, पुष ०९, २०८१

थाई एयर एसियामाथि लगाइएको प्रतिबन्ध तीन दिनमै फुकुवा


१५ कात्तिक, काठमाडौं । अनुमति नै नभई नेपाली आकाशमा प्रवेश गर्ने थाई एयर एसियामाथि लगाइएको प्रतिबन्ध तीन दिनमै फुकुवा भएको छ । अनुमति नै नलिई बैंककबाट काठमाडौँ आएको उक्त विमानलाई प्राधिकरणले अनिश्चितकालका लागि रोक लगाएको थियो । तर, एयरवेजले माफी मागेको भन्दै प्राधिकरणले प्रतिबन्ध फुकुवा गरेको हो । योसँगै यसको जीएसटीको रूपमा रहेको युनिभर्सल ट्राभल्सको अनुमति पनि सुचारु भएको छ ।

एयरवेजलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) मा समेत उडान गर्नेगरी अनुमति दिइएको हो । यसअघि भैरहवा जाने प्रतिवद्धता जनाए पनि त्यहाँ उडान गर्न मानिरहेको थिएन । अब भने भैरहवामा समेत उडान गर्न एयरलाइन्स सहमत भएको छ । उक्त एयरलाइन्सले विन्टर सिजन अन्तर्गत उडान सुरु गर्नेछ । आगामी आइतबारदेखि सुरु हुने उडान मार्चसम्म कायम रहनेछ ।

थाईले काठमाडौँमा साताको चार दिन आइतबार, सोमबार, बिहीबार र शुक्रबार गरी चार र भैरहवामा आइतबार र शुक्रबार गरी दुई उडान गर्नेछ ।

हामीले २/३ वटा उडान पनि रोक्यौँ, यसले गर्दा उसलाई करोडौँको लस पनि भयो । अबदेखि गल्ती दोहोर्‍उँदैनौं भनेर माफी पनि माग्यो । भैरहवामा उडान गर्न पनि तयार भयो,‘ नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘त्यही आधारमा रोकिएको उडान अनुमति दिएका हौं । भैरहवाको उडान नगरेदेखि काठमाडौँको उडान समेत रोकिनेछ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading