02/27/2026, 22:28:21
शुक्रबार, फागुन १५, २०८२

सुनको मूल्यमा तीव्र वृद्धि


काठमाडौं, पुस २२ गते । नेपाली बजारमा आज सुनचाँदी मुल्य आजपनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ३१ सयले बढेर तोलाको २ लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको २ लाख ६५ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

महासङ्घका अनुसार आज चाँदी तोलाको १९५ रुपैयाँले बढेर ४८८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४६८५ मा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..