12/29/2025, 13:19:02
सोमबार, पुष १४, २०८२

सुन सामान्य घट्दा चाँदीको मूल्यमा नयाँ रेकर्ड


काठमाडौं, पुस १४ गते । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ६ सयले घटेर तोलाको २ लाख ७० हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ७० हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर ४८९५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि आइतबार चाँदी तोलाको ४८३५ मा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..