काठमाडौँ, पुस ११ : १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को हेरफेर गरिएको छ ।
गृह मन्त्रालयले शुक्रबार सूचना निकाल्दै १२ जिल्लाका सीडीओका साथै कारागार व्यवस्थापन विभागका महानिर्देशक हेरफेर भएको जानकारी गराएको छ ।
कारागार व्यवस्थापन विभागमा शशीधर घिमिरेलाई जिम्मेवारी दिइएको छ । सरुवा सूचीअनुसार भोजपुरमा सहसचिव राजन पौडेल, पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्तिराज प्रसाईं, लमजुङमा उमेश ढुंगाना, दोलखामा हरिप्रसाद घिमिरे, सिन्धुपाल्चोकमा रामकृष्ण अधिकारीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
तनहुँमा हाल जिल्ला प्रशासन कार्यालय भोजपुरमा रहेका शिवलाल तिवारीलाई पठाइएको छ । इलाममा लक्ष्मण ढकाल, कञ्चनपुरमा मदन कोइराला, नवलपरासी पश्चिममा दीपकराज नेपाल, सल्यानमा महेन्द्रकुमार सापकोटालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!












