12/26/2025, 19:15:13
शुक्रबार, पुष ११, २०८२

प्रहरी सहायक निरीक्षकविरुद्ध नक्कली प्रमाणपत्रको आरोप


काठमाडौँ, पुस ११ गते । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौँमा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार भट्टले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट जारी भएको शैक्षिक योग्यताको झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरी राष्ट्र सेवकको ओहदा प्रहरी जवान पदमा मिति २०५० चैत २० गते नियुक्ति लिइ प्रहरी सहायक निरीक्षक पदसम्म पदोन्नति भइ हाल नेपाल सरकारबाट निवृत्तभरण सहितको हैसियत, लाभ, सुविधा लिइ भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९ को उपदफा ९२० र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिइ शुक्रबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।