12/26/2025, 16:51:54
शुक्रबार, पुष ११, २०८२

रेशम र रञ्जिताको पार्टीबीच एकता हुँदै


काठमाडौँ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको छ ।

गत भदौमा विभाजन भएको दुवै पार्टी शनिबार एकतामा जाने सहमतिमा पुगेका हुन् ।

एकतापछि पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल रहनेछ भने झन्डा र चुनाव चिन्ह पनि सोही पार्टीकै कायम हुने बताइएको छ । एकता हुने कुराको पुष्टि अध्यक्ष रञ्जिता श्रेष्ठले गरेकी छन् ।

२०७८ पुसमा गठन भएको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादका कारण विभाजित भएको थियो ।

२०८० पुसको महाधिवेशनपछि नेतृत्व विवाद चर्किँदा रेशम चौधरी पार्टीबाट अलग भई नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए ।

पाँच महिनापछि दुवै पक्षबीच पुनः सहमति जुट्दै एकता हुन लागेको हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..