काठमाडौँ, पुस ११ : आगामी निर्वाचनमा कसरी जाने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच छलफल चलिरहेको छ ।
मेयर शाहले बिहीबार बिहान ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री तथा उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग छलफल गरेका थिए । त्यसपछि मात्रै लामिछानेसँग छलफल भएको हो ।
वैकल्पिक राजनीतिक शक्तिहरू मिलेर जाने सम्बन्धमा शाहले विभिन्न पक्षसँग छलफल गरिरहेका हुन् । ती नेताले भने, ‘आज रास्वपा र मेयर बालेनबीच मात्रै सहमतिको तयारी भइरहेको हो । यसैअनुसार सम्झौतापत्र तयार पारिरहेका छौं । हाम्रो कुरा मिलिसकेपछि उज्यालो नेपाल पार्टीसँग कसरी जाने भन्नेबारे रास्वपाले छलफल गर्नेछ,’ ती नेताले भने ।

शुक्रबार बिहानदेखि नै रास्वपा र मेयर शाहका प्रतिनिधिबीच छलफल भइरहेको छ । छलफलमा रास्वपाका शिशिर खनाल र असिम शाह तथा बालेनका तर्फबाट कुमार बेन र भुपदेव शाह संलग्न छन् ।
रास्वपा र मेयर शाहको तर्फबाट छलफलमा सहभागी नेताहरूका अनुसार रवि र बालेनबीच सम्झौता भएपछि मात्रै उज्यालो नेपालसँग छलफल अगाडि बढ्ने भएको छ । उनीहरूले तयार पारेको सहमतिपत्रको पहिलो मस्यौदा रवि र बालेनले स्वीकृत गरिसकेका छन् । छलफलमा सहभागी नेताहरूले दिएको जानकारी अनुसार सभापति रवि र मेयर बालेनले पहिलो मस्यौदामा आधारित रहेर अगाडि बढ्न भनेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











