राजविराज, पुस १० गते । राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला कार्य समिति सप्तरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि सप्तरी क्षेत्र नं. २ र ३ मा प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
जिल्ला कार्य समितिका अनुसार क्षेत्रीय समितिबाट प्राप्त सिफारिसका आधारमा बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको हो । पार्टीले क्षेत्र नं. १ र ४ का उम्मेदवार सिफारिस भनेपछि गर्ने जनाएको छ ।
पार्टीले प्रतिनिधिसभा क्षेत्र नं. २ तर्फ राजेन्द्र महतो, केशव झा, संविधानसभा सदस्य महेशप्रसाद यादव र रिणा झालाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ । त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ तर्फ चन्द्रकान्त चौधरी र गजेन्द्रकुमार मण्डलको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष दिपेन्द्रकुमार चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मुक्ति पार्टीका अध्यक्ष समेत रहनुभएका महतो सर्लाही जिल्लावासी हुनुहुन्छ । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा गृह जिल्लाबाट पराजित हुनुभएका महतोको नाम सप्तरीबाट सिफारिस गरेपछि निकै महत्त्वपूर्ण मानिएको छ । सप्तरीको सो क्षेत्रबाट पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत निर्वाचित हुँदा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पराजित हुनुभएको थियो ।
– धीरेन्द्रप्रसाद साह
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















