12/24/2025, 14:54:08
बुधबार, पुष ०९, २०८२

काठमाडौँका किन्नर..

किन्नरले पैसा दिएमा आशीर्वाद तथा नदिएमा श्राप र गाली गर्ने भएका कारण काठमाडौँको न्युरोड क्षेत्रका व्यापारी हैरान बनेका छन् । अश्वमुख, किम्पुरुष वा देवीयौनीका रूपमा परिचित किन्नर नेपालमा तेस्रो लिङ्गीकी रूपमा परिचित छन् ।


हृष्टपुष्ट शरीर, महिलाको पहिरनमा सजिएका मानिसले पैसा माग्दै हिँडेको दृश्य अचेल काठमाडौँका गल्ली गल्लीमा देखिने गरेको छ । अनुहारमा बाक्लो मेकअप, झट्ट हेर्दा भारतीय मूलको जस्तो देखिने यिनीहरू आफूलाई किन्नर बताउने गर्छन् ।

मल्लकालीन समयमा पनि किन्नरहरू भारतबाट नेपाल आउने गरेको इतिहास पाइन्छ । उनीहरू मगन्ते वा विकृति फैलाउनका लागि नभई नाचगान तथा शुभकार्यमा आशीर्वचन दिन नेपाल आउने गरेका थिए । पौराणिक कथन अनुसार किन्नरलाई भगवान् श्रीकृष्णको एक रूप मानिएको छ । भगवान् श्रीकृष्णले राधाको हठ तोड्नका लागि एक पटक किन्नर रूप धारण गरेका थिए ।

किन्नरहरूले सडक छेकेर र पसलभित्रै पसेर पैसा माग्ने गर्छन् । काठमाडौँ महानगरपालिकाले फुटपाथबाट मगन्ते हटाएपछि ६०/७० जनाको समूहमा आएर किन्नर तीन वर्षदेखि काठमाडौँमा देखिन थाले ।

किन्नरले पैसा दिएमा आशीर्वाद तथा नदिएमा श्राप र गाली गर्ने भएका कारण काठमाडौँको न्युरोड क्षेत्रका व्यापारी हैरान बनेका छन् । अश्वमुख, किम्पुरुष वा देवीयौनीका रूपमा परिचित किन्नर नेपालमा तेस्रो लिङ्गीकी रूपमा परिचित छन् ।

कतिपय तेस्रो लिङ्गी देह व्यापारका लागि रत्नपार्क क्षेत्रमा सडक कुरेर बस्ने भएकाले सर्वसाधारणलाई आवतजावत गर्न समस्या हुने गरेको जनाउँदै महानगरपालिका स्रोतले तेस्रो लिङ्गी एवं किन्नरका कारण सामाजिक विकृति बढेको दाबी गरेको छ ।

किन्नरले प्याट प्याट ताली बजाएर ग्राहक बोलाउने, पैसा लुट्ने, पकेटमारी गर्ने तथा उनीहरू कुटपिट लगायतका घटनामा समेत संलग्न रहेको पाइएको छ । प्रहरी अधिकारीका अनुसार मारवाडी समुदायका व्यापारीले किन्नरले दिने आशीर्वादलाई शुभ मान्ने भएकाले हटाउन समस्या भएको छ ।

कतिसम्म भने सडकमा हिँडिरहेकाले पैसा नदिएमा बाटो छेक्ने र ताली बजाएर श्राप्ने जस्ता क्रियाकलापले सर्वसाधारण र किन्नरबीच झगडासमेत हुने गरेको छ । आफूले आशीर्वाद दिँदा शुभ हुने र गाली दिँदा श्राप लाग्ने दाबी किन्नरहरूको छ ।

प्रहरी वृत्त जनसेवाका प्रमुख कृष्ण चन्दको भनाइमा न्युरोडलगायत काठमाडौँको मुख्य सहरी क्षेत्रमा करिब ६० जना यस्ता मानिस छरिएर नियमित पैसा माग्ने गर्छन् । अझ काठमाडौँका काँठ क्षेत्रमा समेत किन्नर पुग्न थालेका छन् । बेवारिसे एवं मगन्तेमुक्त सडक बनाउने अभियान अनुरूप न्युरोड खाली गराइएको वर्ष दिन बितेको छ ।

पुराणमा मानिसको जस्तै मुख, घोडाको जस्तो शरीर भएको ‘देउता’ लाई किन्नरीका रूपमा अथ्र्याइएको छ । यिनीहरूले खुसीमा ताली र दुःख हुँदा गाली गर्छन् भन्ने मान्यता रहिआएको छ । केही समुदायले पुत्रलाभ, विवाह–व्रतबन्धमा रमाइलो गर्न वा आशीर्वचन सुन्न किन्नर बोलाउने गरेको पाइन्छ । तेस्रो लिङ्गीको मानव अधिकारका क्षेत्रमा क्रियाशील सबैका लागि सहयोगी नेपालका अध्यक्ष शर्मिला केसी कतिपयका लागि सडक–पसल चहारेर पैसा माग्नु बाध्यता भएको बताउनुहुन्छ ।

व्यापार व्यवसाय गरेर खाउँ भने हामीलाई तेस्रो लिङ्गी भनेर घृणा गर्छन् ।” उनी भन्छिन्, “समाजले पनि छि छि दुर दुर व्यवहार देखाउने भएकाले मागेर खानु रहर होइन, बाध्यता हो ।

देह व्यापारका लागि सडक गल्ली धाउनुपर्ने अवस्था पनि बाँच्नकै लागि भएको भनाइ उनको छ । रातिको समय ठमेल, दरबारमार्ग, सुन्धारा, बालाजु बसपार्क, लाजिम्पाट क्षेत्रमा देखिने तेस्रो लिङ्गी दिउँसो भने रत्नपार्क वरिपरि देखिने गर्छन् । जन-गुनासोपछि सम्बद्ध निकायले नियन्त्रणमा लिएर सम्झाइबुझाई गर्दा पनि उनीहरू पुनः सडकमै आउने गरेका छन् । कतिसम्म भने सुन्धारा र वीर अस्पताल छेउको आकासे पुल तथा रत्नपार्कको प्रवेशद्वारअगाडि सार्वजनिक यातायातका साधन कुरिरहेका महिलालाई कतिपय पुरुषले ‘जाने हो’ भन्दै दुव्र्यवहार गर्ने पनि पाइएको छ । यी स्थानमा देह व्यापारमा संलग्न तेस्रो लिङ्गी तथा किन्नरले ग्राहक कुरेर बस्ने भएकाले यस्तो समस्या आएको भनाइ प्रहरीको छ ।

यस्ता क्रियाकलापमाथि प्रश्न उठाएर प्रहरीलाई खबर गर्नेदेखि पाँच रुपियाँ हातमा थमाएर आशीर्वाद दिनुहोस् भन्दै नमस्कार टक्रयाउनेहरू पनि न्युरोड क्षेत्रमा भेटिन्छन् । सडक गल्लीका दुवैतर्फ बाटो छेकेर दान गर्नुहोस् भन्दै प्याट प्याट ताली बजाउने, शिरमा हात राखेर आशीर्वचन दिने र पैसा नदिए गाली गर्ने, पसलको ढोकामै उभिएर देखाउने अस्वभनीय हर्कतले व्यापारी र सर्वसाधारण चाहिँ वाक्क छन् ।

– देवबहादुर कुँवर