12/24/2025, 15:59:57
बुधबार, पुष ०९, २०८२

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाको माग गर्दै डा. निकोलस भुसाल अनशनमा


काठमाडौँ, पुस ९ गते  । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्दै डा. निकोलस भुसालले आमरण अनशन थालेका छन् ।

गएराति १० बजेदेखि उनले माइतीघरमा सडकमा अनशन सुरु गरेका हुन् । जेन जेड आन्दोलनले उठाएका माग पूरा नगरेको भन्दै उनले ९ बुँदे माग अघि सारेका छन् ।

कार्की नेतृत्वको अन्तरिम सरकार हटाएर सर्वपक्षीय सरकार बनाउनुपर्ने लगायतका माग राखेर मिराज ढुंगाना, रवि किरण हमाल, भुसालसहितका युवा ३ दिनदेखि माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..