हिले, पुस ९ गते । कोसी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले पूर्वी पहाडमा हुने गरेको गाँजा खेतीबाट विस्थापित गर्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
मङ्गलबार जिल्ला प्रहरी कार्यालय धनकुटामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै घिमिरेले सबैको सहभागितामा जनचेतना मूलक कार्यक्रम आवश्यक रहेको बताउँदै प्रहरीको एकल प्रयासबाट मात्रै लागु औषध नियन्त्रण हुन नसक्ने बताउनु भएको हो । घिमिरेले दुव्र्यसनीहरुलाई सुधार केन्द्रमा पठाउन मातहतका प्रहरी कार्यालयलाई निर्देशन समेत दिनुभयो ।
जेन-जी आन्दोलनपछि जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउनु प्रहरीले प्रमुख कर्तव्यका रूपमा लिएको बताउनुभएको छ । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा जनता र राजनीतिक पार्टीको सहभागिताका लागि शान्ति सुरक्षाको वातावरण अत्यावश्यक सर्त भएकाले अहिले प्रहरी शान्ति सुरक्षा कायम गर्न लागिपरेको बताउनुभयो । प्रहरी दुर्घटना न्यूनीकरण र व्यवस्थापन, लागुऔषध सेवन र ओसार पसार नियन्त्रण तथा साइबर क्राइमका घटना नियन्त्रण गर्न विशेष योजनामा लागेको जानकारी दिनुभयो ।

भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले लागुऔषध नियन्त्रण, सवारी साधनमा लगाएको टायम कार्ड प्रभावकारी बनाइ कोसी प्रदेशभर लागू गर्नुपर्ने, कोसी राजमार्गमा भारवहन कायम हुनुपर्ने, सडकमा धर्म काँटाको व्यवस्था हुनुपर्ने, प्रहरीलाई प्राप्त भएको जग्गाको सदुपयोग, बजारमा अखाद्य वस्तु भेटिएकाले नियन्त्रण पर्नुपर्ने माग गरेका थिए ।
– कविराज घिमिरे
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




















