12/24/2025, 15:54:41
बुधबार, पुष ०९, २०८२

नेपाल टेलिकमद्वारा ३० प्रतिशत लाभांशको घोषणा


काठमाडौँ, पुस ९ गते । नेपाल टेलिकमले (एनटीसी)ले ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/०८२ को खुद मुनाफाबाट सेयर धनीलाई प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

त्यसै गरी, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले कुल १२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ भने, हाल कायम चुक्ता पुँजीको आठ प्रतिशत बोनस सेयर र चार प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने टेलिकमले जनाउको छ । यी कम्पनीले प्रस्ताव गरेको लाभांश कम्पनीका आगामी साधारण सभाले पारित गरेपछि सेयर धनीमा वितरण हुनेछ ।

यो कम्पनीको फेस भ्यालु १०० रुपैयाँ हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..