12/23/2025, 13:54:23
मङ्गलबार, पुष ०८, २०८२

सुनको मूल्यमा दिनदिनै नयाँ कीर्तिमान


काठमाडौं, पुस ८  गते । मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । प्रतितोला ५ हजार ५ सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ पुगेको छ । सोमबार २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो । सुनको मूल्यले दिनदिनै नयाँ कीर्तिमान बनाइरहेको छ । सोमबार बनेको सबैभन्दा उच्च मूल्यको कीर्तिमान मंगलबार तोडिएको छ ।

चाँदीको मूल्य पनि सँगसँगै बढिरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ मूल्य बढेको छ । चाँदी मंगलबार ४ हजार २५५ रुपैयाँ पुगेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..