सुलीकोट, पुस ८ गते । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ्गाल सोमबार बेलुका फेला परेको हो ।
स्थानीयले जङ्गल क्षेत्रमा शङ्कास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीले घटनास्थलबाट मानव कङ्गालसँगै १ थान किप्याड मोबाइल फोन, एक जोर जुत्ता, ट्रयाक पाइन्ट र कमिज समेत फेला परेका प्रहरीको भनाइ छ ।
प्रारम्भिक अनुसन्धानबाट मानव कङ्गाल कसको हो भन्ने पहिचान खुल्न नसकेको भए पनि घटनास्थलमा भेटिएको मोबाइल फोन भने बारपाक सुलिकोट गाउँपालिका – ३ स्थायी घरभएका ४० वर्षीय जंगबहादुर गुरुङको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मोबाइलको विवरण (कल रेकर्ड) तथा अन्य प्राविधिक पक्षको आधारमा थप अनुसन्धान अघि बढानुका साथै कङ्गालको वैज्ञानिक परीक्षण तथा पहिचानके लागि आवश्याक प्रक्रिया पूरा गरेपछि मात्र केहि भन्न सकिने छ ।

कङ्गाल लामो समयदेखि जङ्गलमै रहेको अनुमान गरिए पनि मृत्युका कारण, समय र अवस्था एकिन भइनसकेको प्रहरीले जनाएको छ । घटनालाई गम्भीर रुपमा लिएर जिल्ला प्रहरी कार्यालय गोरखाले कङ्गाललाई सुरक्षित रुपमा निन्यन्त्रणमा लिई अनुसन्धान जारी राखेको छ ।
यस घटनाको विषयमा मृतकको पहिचान, घटनाको बास्तविक कारण र परिस्थितिबारे सत्यतथ्य पत्ता लगाउन प्रहरी टोली खटिएकाले घटनासँग समबन्धित थप जानकारी भएमा सहयोग गर्न सर्वसाधरणलाई प्रहरीले आग्रह समेत गरको छ ।
– गुणबहादुर रोका
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















