काठमाडौँ, पुस ५ गते। नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टीको ११ औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण नबनेको आरोप लगाउनु भएको छ। ईश्वर पोखरेलको समूहले आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो।
उहाँले प्रतिनिधि छनाेट, बन्दसत्रदेखि निर्वाचनसम्म नै पार्टीका संचरचनाको दुरूपयोग गर्ने काम भएको बताउनु भयो। यसले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासमाथि प्रश्न चिह्न खडा गरेको उहाँको भनाइ छ। उहाँले आगामी दिनमा यसको थप समीक्षा गर्ने पनि बताउनु भयो।
उहाँले लोकतान्त्रिक अभ्यासमा सहभागी भएपछि आएको परिणामलाई भने स्वीकार गर्ने बताउनु भयो। एमाले अध्यक्ष केपी ओलीले ल्याएका राम्रा पक्षहरूलाई समर्थन गर्ने र पक्षपातपूर्ण व्यवहार भएर प्रतिवाद गर्ने जानकारी दिनुभयो। उहाँले आगामी निर्वाचन लगायत वाह्य प्रतिष्पर्धामा भने एकजुट हुने बताउनु भयो। विचारको आधारमा पार्टीभित्र अन्तरसंघर्ष भने जारी रहने उहाँको भनाइ छ।
उहाँले अध्यक्ष केपी ओलीको व्यवहारमा कुनै परिवर्तन नआएको उल्लेख गर्नुहुँदै सामुहिक निर्णय र नेतृत्व हस्तान्तरणको एजेन्डा भने उठाइरहने बताउनु भयो। उहाँले पार्टीभित्र अपमान हुने गरी कसैको मान-मर्दन गरेमा प्रतिवाद गर्ने चेतावनी पनि दिनुभयो।
पार्टीको महाधिवेशनमा आफ्नो पक्षले सफलता हासिल गर्न नसेकोमा समीक्षा गर्ने भेलाले निर्णय गरेको उहाँले जानकारी दिनुभयो। निर्वाचनमा सहभागी भएर सफलता हासिल नसकेकालाई विचलिन नभई पार्टी निर्माणमा लाग्न आग्रह गरेको पनि उहाँले बताउनु भयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










