स्याङ्जा, मङ्सिर २५ : आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस स्याङ्जाले ३३ जना आकाङ्क्षीको नाम सिफारिस गरेको छ ।
दुई निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नं –१ बाट प्रत्यक्षतर्फ ११ र समानुपातिकतर्फ चार जनाको नाम सिफारिस भएको हो भने क्षेत्र नं–२ बाट प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ६ जनाको नाम केन्द्रमा सिफारिस भएको हो ।
क्षेत्र नं –१ बाट प्रत्यक्षतर्फ धनराज गुरुङ, राजु थापा, मेखलाल श्रेष्ठ, गोविन्दबहादुर रानाभाट, खुमाप्रसाद अर्याल, बुद्धि बहादुर राना (कुमार), इन्द्रबहादुर रिजाल, अजित अधिकारी खेत्री, प्रेमराज पौडेल, भरतराज ढकाल र बन्दना कुमारी लम्साल रहनु भएको छ ।
यस्तै समानुपातिक तर्फ तुलसी गिरी, धनकुमारी थापा, नारायण ढकाल र दिलिपाश्री अधिकारीको नाम सिफारिस भएको हो ।
यस्तै क्षेत्र नं–२ बाट प्रत्यक्षमा धनराज गुरुङ, गोपालमान श्रेष्ठ, खुमाप्रसाद अर्याल, भागवतप्रकाश मल्ल, मोहनप्रसाद पाण्डे, शेषकान्त पुरी, केदार काफ्ले, विष्णु पौडेल, युवराज पाण्डे, श्याम बस्याल, धु्रव शर्मा पंगेनी र माया रानाको नाम सिफारिस भएको कांग्रेस सभापति राजु थापाले जानाकारी दिनुभयो ।
यस्तै समानुपातिकमा भूमि शर्मा पाण्डे, तुलसी नेपाली, देवका राना, विमला श्रेष्ठ, लिलबहादुर रनपाल र सूर्य माझीको नाम सिफारिस भएको हो ।
– अर्जुन काफ्ले
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















