12/10/2025, 05:14:06
मङ्गलबार, मङि्सर २३, २०८२

कैलाली क्षेत्र नम्बर ५ बाट चार जना सिफारिस


धनगढी, मङ्सिर २३ : नेपाली कांग्रेसले कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि चार जनाको नाम सिफारिस गरेको छ ।

सो पार्टीको क्षेत्रीय समितिले केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहित चार जनाको नाम सिफारिस गरेको हो । क्षेत्रीय समितिका प्रवक्ता प्रदीप पाठकका अनुसार प्रत्यक्षतर्फ उम्मेदवारीका लागि चार जनाको नाम आएको थियो । समितिले चारै जनाको नाम जिल्ला समितिमा सिफारिस गरेको उहाँले जानकारी दिनुभयो ।

निवर्तमान सांसद् डिल्लीराज पन्त, धनगढीका पूर्व नगर प्रमुख नृपबहादुर वड र पूर्व जिल्ला सभापति नरनारायण शाह (मनु) को नाम सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ उम्मेदवार सिफारिसका लागि जीवन रानाथारु, सुनिता राना, सुशीला मिश्र, जागृति बोगटी, गौरी लामा, टेकबहादुर रैका, नरबहादुर बम, निपा चोखाल, प्रमीला लम्साल, पुष्पा जोशी भट्ट, मनिराम देवलको नाम सिफारिस गरिएको छ ।

यसैगरी, राष्ट्रिय सभाका लागि रिता भण्डारी, रामचन्द्र ओझा र हरिश खड्काको नाम सिफारिस गरिएको छ ।

– अविनाश चौधरी