12/09/2025, 11:05:12
मङ्गलबार, मङि्सर २३, २०८२

सबै जिल्ला प्रशासन कार्यालयमा जेन-जी सहिदको नाम अनिवार्य


काठमाडौँ, मङ्सिर २३ : गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा मृत्युवरण गरेका ४५ जना सहिदको सूची सबै जिल्ला प्रशासन कार्यालयमा राख्न निर्देशन दिएको छ ।

मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सोमबार परिपत्र जारी गर्दै सहिदको नाम राख्न निर्देशन दिएको हो । मन्त्रालयले ४५ जनालाई जेन-जी सुशासन योद्धा घोषणा गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा तीन दिनभित्र विवरणसहितको नामावली राख्न परिपत्र गरेको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार उक्त निर्णय गर्नुभएको थियो ।