12/08/2025, 00:43:48
आइतबार, मङि्सर २१, २०८२

बैंकिङ प्रणालीबाट आज ९० अर्ब तरलता तान्दै राष्ट्र बैंक


काठमाडौँ,  मङ्सिर २१ गते । नेपाल राष्ट्र बैंकले आज एकैदिन बजारबाट ९० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । निक्षेप संकल उपकरणमार्फत केन्द्रीय बैंकले आइतबार ८४ दिनका लागि ९० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । बैंकिङ प्रणालीमा निरन्तर निक्षेप थुप्रिरहेको छ । तर निक्षेपअनुसार कर्जा लगानी हुन नसकेपछि बैंकहरूको तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निरन्तर निक्षेप संकलन उपकरणमार्फत नगद प्रशोचन गरिरहेको छ ।

उसो त मंसिर महिना लागेसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत २ खर्बबढी तरलता प्रशोचन गरिसकेको छ । पछिल्लो तथ्यांक अनुसार बैंकहरूद्वारा संकलित कुल निक्षेप ७५ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ । यता कर्जा लगानी भने ५६ खर्ब ५८ अर्ब रुपैयाँ बराबर हुन सकेको छ ।

पछिल्ला दिनमा निक्षेपको तुलनामा कर्जा लगानी केही बढे पनि पर्याप्त तरलता व्यवस्थापन हुन सकिरहेको छैन । यस्तो स्थितिमा बैंकहरूसँग हाल ११ खर्बबढी लगानीयोग्य पुँजी (तरलता) रहेको छ ।

८४ दिनका लागि जारी हुने निक्षेप संकलन बोलकबोलका लागि बैंकहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..