11/24/2025, 15:22:23
सोमबार, मङि्सर ०८, २०८२

मिराज ढुंगानाको समूहले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउँदै


काठमान्डौ, ८ मंसिर । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाको नेतृत्वमा रहेको समूहले प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ ।समूहका अनुसार उनीहरू दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबार पुगेर औपचारिक रूपमा ज्ञापनपत्र बुझाउने तयारीमा छन् ।

पछिल्लो समय सरकारमा रहेकाहरूले आन्दोलनको मर्मविपरीत गतिविधि गरेको आरोप उठ्दै आएको छ । त्यसैका विरोधस्वरूप ज्ञापनपत्र बुझाउन लागिएको जेनजी अगुवा ढुंगानाले बताए ।

‘हामी तीन बजे जाँदै छौँ । सुशासन दिने भन्दै गएकाले नै त्यसविरुद्ध गतिविधि हुन थाले’,  ढुंगानाले भने, ‘यो आदर्श श्रेष्ठ वा कोही व्यक्तिलक्षित भन्दा पनि समग्रमा सुशासनको प्रत्याभूति दिलाउ भन्न जान लागेका हौं ।’

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा आफन्त वा नातेदारलाई नियुक्त गरेको भन्ने विषय सार्वजनिक भएपछि जेनजी समूहले यसबारे ध्यानाकर्षण गराउँदै आएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..