11/24/2025, 12:20:48
सोमबार, मङि्सर ०८, २०८२

सुनको मूल्यमा गिरावट


काठमाडौँ, मङ्सिर ८ गते । नेपाली बजारमा सोमबार सुनको मूल्य १९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ३ हजार ११५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..