घोराही, मङ्सिर २ : दाङको घोराही-तुलसीपुर चारलेन सडक निर्माण सुरु भएको छ । चारलेन सडक विस्तारसँगै स्तरोन्नतिका लागि घोराही उपमहानगरपालिका-१० अमराईदेखि सडक निर्माणको काम दिवा÷बन्दन भगवती जेभिले सुरु गरेको हो ।
सडक निर्माणका लागि पहिलो चरणमा दुईवटा स्काभेटर प्रयोग गरेर सडकको दायाँबायाँ साइडमा माटो कटिङ, सरसफाइसँगै खाडल भएको ठाउँमा माटो फिलिङ गर्ने काम गरिरहेको दिवा÷बन्दन भगवती जेभीका कन्ट्र्याक्ट मेनेजर इन्जिनियर सुनिल ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार माटो फिलिङ भएसंगै रोलिङ गरेर ग्राभेल राख्ने काम गरिनेछ । ग्राभेल भरेपछि उक्त सडकमा सवारीसाधनहरू गुड्न सक्नेछन् ।
निर्माण कम्पनीका प्रतिनिधि ढुङ्गनाले भन्नुभयो,‘पहिलो चरणमा चार÷पांँच वटा स्काभेटर प्रयोग गरेर कामलाई सुरु गर्ने तयारीमा छौ ।दुईवटा स्काभेटरले काम गरिरहेका छन्, अरु थप आउदैँछन् ।’
उहाँका अनुसार घोराहीको डिके पेट्रोल पम्पदेखि तुलसीपुरको हात्तीखौसम्मको करिब २१.५८ किलोमिटर सडकखण्डमध्ये पहिलो चरणमा गुर्जेखोलादेखि सौडिकुलासम्मको काम सडकको काम हुनेछ । सम्झौता अनुसार स्तरोन्नति हुने सडक सहरी क्षेत्रमा २० मिटर कालोपत्रे र फुटपाथसहित ३० मिटर कायम हुने छ । ग्रामीण क्षेत्रमा भने १५ मिटर मात्र कालोपत्रे हुने छ । सडकखण्डको करिब ९.५ किलोमिटर सडक सहरी क्षेत्रमा पर्नेछ ।

सडक विस्तारका क्रममा सडक क्षेत्रमा परेका रुख, विद्युत पोलहरू हटाउनुपर्ने भएपनि अहिले निर्माण कम्पनीले तत्काल हटाउन नपर्ने ठाउँबाट सडक निर्माणको काम सुरु गरेको सडक डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर दिपेन्द्रकुमार विष्टले जानकारी दिनुभएको छ ।
घोराही–तुलसीपुर चारलेन सडक स्तरोन्नतिका लागि दुई अर्ब ५३ करोड रुपियाँमा काठमाडौँको दिवा÷बन्दन भगवती जेभीसँग २०८२ असार २४ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले २०८५ असार २४ गतेसम्म घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम सक्नुपर्ने छ ।
यसअघि भारतको एक्जिम बैङ्कको ऋण लगानीमा २०७६ सालदेखि घोराही-तुलसीपुर चारलेन सडक निर्माणको काम सुरु भएपनि निर्माण व्यवसायीको लापरवाहीका कारण सडक लामो समयसम्म अलपत्र परेपछि सरकारले २०८० जेठमा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टसँग ठेक्का सम्झौता रद्द गरेको थियो ।
– लीलाधर वली
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















