जनकपुरधाम, कात्तिक २५ : कडा सुरक्षाबिच मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पदभार ग्रहण गर्नुभएको छ ।
आज मधेश भवनस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेका मुख्यमन्त्री यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका निमित सचिव लालवावु कवारीले पदभार ग्रहण गराउनुभयो ।
पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले मधेश आन्दोलनका शहिदहरुलाई मधेश रत्न सम्मानबाट सुशोभित गर्ने निर्णय गर्नुभएको छ । मुख्यमन्त्री पदभार ग्रहण गरी रहँदा मधेश भवन बाहिर मधेशवादीसहित सात दलका नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए ।
सो क्रममा प्रहरी र प्रदर्शनकारीबिचमा झडप समेत भएको थियो । स्थितिलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको थियो ।
– धर्बेन्द्र झा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




