काठमाडौं, कात्तिक २० : नेपाली कांग्रेसभित्र आर्थिक पारदर्शिता र अनुशासन कायम गर्न हरेक क्रियाशील सदस्यले आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने प्रस्ताव गरिएको छ ।
कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जारी केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव पेस गर्दै पार्टीको नयाँ क्रियाशील सदस्यता लिँदा र नवीकरण गर्दा सम्पत्ति विवरण बुझाउने व्यवस्था लागू गर्न माग गर्नुभएको हो ।
महरको प्रस्तावअनुसार यो व्यवस्थाले पार्टीका नेता तथा कार्यकर्तामा आर्थिक अनुशासन कायम गर्न सघाउनेछ । उहाँले भन्नुभयो, “यसो गर्न सकेमा पार्टीका नेता कार्यकर्तामा आर्थिक अनुशासन कायम हुनेछ ।” यो नियमले पार्टी सदस्यहरूको आर्थिक अवस्थालाई पारदर्शी बनाउने मात्र नभई सार्वजनिक जीवनमा प्रवेश गर्न चाहने व्यक्तिहरूको पृष्ठभूमि जाँच्न समेत मद्दत पुग्ने उहाँको तर्क छ ।
पार्टीभित्र शुद्दीकरण अभियान तल्लो तहबाटै सुरु गर्नुपर्ने मान्यताका साथ अघि सारिएको यो प्रस्तावले कांग्रेसमा आन्तरिक सुधार र जवाफदेहिताको विषयमा नयाँ बहस सिर्जना गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










