ढाका, कात्तिक ११ गते । बङ्गलादेशमा सोमबारमात्र ९८३ नयाँ डेंगु सङ्क्रमण दर्ता हुनुका साथै छ जनाको मृत्यु भएको जनाइएको छ । यस वर्ष मात्र हाल सम्म सङ्क्रमितको सङ्ख्या ६६ हजार ४२३ पुगेको तथा मृतकको सङ्ख्या २६९ पुगेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशालय (डिजिएचएस) ले जनाएको छ ।
डिजिएचएसको तथ्याङ्क अनुसार सेप्टेम्बरमा १५ हजार ८६६ तथा अक्टोबरमा अहिलेसम्म १९ हजार ०८१ डेङ्गुका सङ्क्रमित दर्ता भएका छन् । जसका कारण अक्टोबरमा ७१ जना तथा सेप्टेम्बरमा ७६ जनाको मृत्यु भएको जनाइएको छ ।










