10/26/2025, 14:27:31
आइतबार, कार्तिक १०, २०८२

शिक्षामन्त्रीको एक महिना : नीतिगत सुधारको पहल


काठमाडौँ, कात्तिक ९ : मन्त्रालयको कार्यभार सम्हालेको महिना दिनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षा सुधारका लागि विभिन्न नीतिगत निर्णय गर्नुभएको छ । पुन गत असोज ५ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त हुनुभएको थियो । यस अवधिमा उहाँले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी), विद्यालय तहको पाठ्यक्रम सुधार, उच्च शिक्षा तथा विश्वविद्यालयसम्बन्धी तथा स्थलगत सुधार र व्यवस्थापनबारे निर्णय गर्नुभएको छ ।

मन्त्री पुनले सिटिइभिटीको सम्बन्धनमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गर्नुभएको छ । हालसम्म सिटिइभिटीमा सम्बन्धनका लागि निवेदन दिएका तर सम्बन्धित निकायबाट निर्णय नभएका विषयलाई समाधान गर्नेगरी कार्यदल गठन गरिएको मन्त्री पुनले बताउनुभयो ।

सम्बन्धनका लागि सिटिइभिटीमा हाल ४४२ वटा निवेदन परेका छन् । अब कुनै अनियमितता नहुने गरी निष्पक्ष रूपमा सम्बन्धन दिने सम्बन्धमा कार्यदल गठन गरिएको र उक्त कार्यदललाई दुई महिनाभित्र निवेदनउपर छानबिन गरी सम्बन्धनबारे टुङ्गो लगाउन जिम्मा दिइएको छ ।

यस अवधिमा विद्यालय शिक्षाको सम्बन्धमा पनि थुप्रै निर्णय भएका छन् । माध्यमिक तहसम्म कम्प्युटर विषयलाई १०० पूर्णाङ्कको विषयका रूपमा थप गर्ने निर्णय मन्त्री पुनले गर्नुभएको छ । दुर्गम भेगका विद्यार्थीलाई समेत कम्प्युटरमा साक्षर बनाउन शिक्षक दरबन्दी थप गर्ने र लाइसेन्स व्यवस्था गरिने निर्णयसमेत मन्त्री पुनले गर्नुभएको छ । नैतिक शिक्षा, पूर्वव्यावसायिक शिक्षा, इतिहास र संविधानका विषयलाई पाठ्यक्रममा समावेश गर्ने निर्णय पनि यही अवधिमा भएको छ ।

पुन मन्त्रीमा नियुक्ति भएलगत्तै शिक्षकको तलब रोकेको गुनासो आएको थियो । सङ्घबाट गएको रकम स्थानीय तहले रोकेको पाइएपछि छानबिन अगाडि बढाइएको छ । त्यस्तै विभिन्न विद्यालयमा प्रधानाध्यापक चयन, शिक्षक सरुवालगायतलाई थप पारदर्शी, प्रभावकारी र व्यावहारिक बनाउने गरी कार्यविधि परिमार्जन पनि मन्त्रालयले सुरु गरेको छ ।

विश्वविद्यालयहरूलाई राजनीतीकरणबाट मुक्त राख्न पुनले पहल गर्नुभएको छ । यसका लागि कुलपतिको भूमिकाबाट प्रधानमन्त्रीलाई हटाउने विषयमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ । तर यसका लागि कानुनै संशोधन गर्नुपर्ने हुन्छ । त्यस्तै विश्वविद्यालयहरूमा भागबन्डा नमिल्दा खाली रहेका सिनेटरलगायतका पदमा पदपूर्ति गर्ने काम भइरहेको मन्त्री पुनको भनाइ छ ।

विश्वविद्यालयहरूमा परीक्षाफल प्रकाशन गर्न नौ महिनासम्म लाग्ने अवस्था सुधार्दै तीन महिनाभन्दा बढी ढिलासुस्ती गर्नेलाई विभागको अनुदान रोक्का गर्ने गरी व्यवस्था गर्ने निर्णय भएको मन्त्री पुनले बताउनुभयो । त्यस्तै त्रिभुवन विश्वविद्यालयको अतिक्रमण भएका र सीमा मिचिएका जग्गाको खोजबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

यो अवधिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विभाजन गरी विज्ञान तथा प्रविधि मन्त्रालय बनाउने पहल सुरु भएको मन्त्री पुनले जानकारी दिनुभयो । देशको आर्थिक विकास र नवप्रवर्तनका लागि बजेटसहितको छुट्टै र बलियो मन्त्रालय बनाउने मन्त्री पुनको इच्छा छ ।

वैज्ञानिक दृष्टिकोणले समेत छठको विशेष महत्व रहेको बताउनुहुन्छ डा. वंशीधर मिश्र । उहाँले भन्नुभयो, “संसारको सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छ । सूर्यको किरणमा पाइने भिटामिन ‘डी’ लगायत तत्वले सम्पूर्ण प्राणी जगत्लाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा जीवन प्रदान गरिरहेको हुन्छ । त्यसैले छठमा गरिने सूर्यको आराधनाले छालासम्बन्धी रोग निको हुने जनविश्वास रहेको पाइन्छ ।

पूजास्थान निर्धारण

यसैबिच काठमाडौँ महानगरपालिकाले छठ मनाउन र पूजापाठका लागि घाट निर्माणका लागि आठ स्थान निर्धारण गरेको छ । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार कमलपोखरी, गौरीघाट, बोक्सीदह, तीनकुने दोभान, टङ्केश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटमा छठका लागि ठाउँ निर्धारण गरिएको छ ।

उहाँले छठको घाट व्यवस्थापन तथा सरसफाइका लागि महानगर प्रहरी बल र सरसफाइ कर्मचारी गरी ३५० कर्मचारी खटाइएको जानकारी दिनुभयो ।