10/22/2025, 17:11:04
बुधबार, कार्तिक ०६, २०८२

सरकारले गम्भीरतापूर्वक निर्वाचनको वातावरण बनाउनुपर्छः अध्यक्ष दाहाल


जनकपुरधाम, कात्तिक ५ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले देशको वर्तमान राजनीतिक परिस्थितिलाई गम्भीरतापूर्वक लिएर तोकिएको समयमा निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले निर्वाचनको घोषणा भएपछि सबै पक्ष निर्वाचन केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो, “सरकारले निर्वाचनको घोषणा गरेपछि केन्द्रीय समितिको बैठकबाट अपिल गर्ने पहिलो पार्टी पनि हाम्रै हो ।

उहाँले आगामी छठ पर्वपछि वामपन्थी एकताको नयाँ रुप देखिने विश्वास पनि व्यक्त गर्नुभयो । “जेन-जी मधेश प्रदेशमा कार्यक्रम गर्ने पार्टी पनि हामी भएका छौं,” अधयक्ष प्रचण्डले भन्नुभयो, “वामपन्थी एकता र ध्रुुवीकरणको प्रक्रिया अघि बढ्दैछ । समाजवादी मोर्चामा रहेका दलहरू पनि एकता प्रक्रियामा छन् । छठपछि यसको नयाँ स्वरुप देखिनेछ ।

उहाँले महोत्तरी जिल्लाको रामगोपालपुरमा आयोजित पार्टी कार्यक्रममा सहभागी हुन आउँदा जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुभएको थियो ।

– लक्ष्मी चौधरी