काठमाडौं, कात्तिक ४ : ओपन एआईको आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट च्याट जीपीटी एउटा अल इन वान सोसल एप बन्ने दिशामा अघि बढ्दैछ ।
हालै कम्पनीले सोरा टू भिडियो जेनेरेसन मोडेल पेश गरेको थियो । त्यसपछि टिकटक जस्तै एआई भिडियो एप लञ्च गर्यो । यहीँ क्रममा च्याट जिपिटीमा सामाजिक सञ्जालजस्तै फिचर थप गर्ने तयारी भईरहेको छ।
अक्टोबरको सुरुमै ओपन एआईले ब्उउक क्म्प् जारी गर्यो । जसबाट डेभलपर्सले च्याट जिपिटीभित्रै आफ्नो विशिष्टीकृत एआई एप बनाउन सक्दछन् । च्याट जिपिटीको यो कदम एप्पलको एप स्टोर तथा गुगल प्लेस्टोरलाई टक्कर दिनसक्ने कदम मानिएको छ ।
समाचार अनुसार ओपन एआईको च्याट जिपिटीमा डाइरेक्ट म्यासेज फिचर थप गर्ने योजनामा पनि काम भईरहेको छ । यसबाट प्रयोगकर्ताले एक अर्कासँग सोसल मिडिया एपमा जस्तै गरी कुराकानी गर्न सक्नेछन्।
साथै प्रयोगकर्ताहरुले यो प्लाटफर्मको माध्यमबाट विभिन्न अवधारणाहरुमा चर्चा गर्ने, परियोजनाको सम्बन्धमा योजना तयार गर्ने, इन्टरने सर्च, तस्वीर सिर्जना तथा च्याट जस्ता गतिविधिहरु ग्र्न सक्नेछन् । यद्यपि प्राइभेसी कायम गर्नका लागि कुनैपनि प्रयोगकर्तालाई अरुको व्यक्तिगत च्याट जिपिटी मेमोरीमा पहुँच हुनेछैन।
रिपोर्ट अनुसार ओपन एआईले प्रयोगकर्तालाई इनभाइट लिंकको माध्यमबाट ग्रुप च्याटमा जोड्ने सुविधा पनि दिनेछ । यसमा च्याटहरु एण्ड टू एण्ड इनक्रिप्टेड हुने बताईको छ ।
स्मरण रहोस् ओपन एआईले प्रयोगकर्ताको गोपनियतालाई लिएर विभिन्न चुनौतीहरुको सामना गर्नु परिरहेको छ। गत अगष्टमा च्याट जिपिटीमा शेयर फिचर थप भएको बेला कतिपय प्रयोगकर्ताहरुका व्यक्तिगत च्याटहरु गुगल सर्चमा सार्वजनिक भएका थिए। जसका कारण च्याट जिपिटीले गुगलसँग गुहार मागेर ती डेटा हटाएको थियो ।