10/19/2025, 18:35:53
आइतबार, कार्तिक ०३, २०८२

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ घाइते


टीकापुरकैलालीको लम्कीचुहामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार ज्यान जानेमा बर्दगोरिया गाउँपालिका-४ निमुवाबोझीका ६४ वर्षका दानबहादुर साउद, ३५ वर्षका हर्क साउद र १६ वर्षका शीतल साउद रहेका छन्।

सो दुर्घटनामा १२ जना मलामी घाइते भएका छन्। उनीहरू सबैको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए। उनका अनुसार सुपप्र ०१–००२ त ४९९१ नम्बरको ट्याक्टर आज दिउसो १ बजे लम्कीचुहा नगरपालिका-३ स्थित धोबेनी खोला नजिकै दुर्घटना भएको हो।

दुर्घटनाग्रस्त ट्याक्टर पूर्वपश्चिम राजमार्गबाट तल खसेको छ। दुर्घटनापश्चात ट्याक्टर चालक बर्दगोरिया गाउँपालिका-४ निमुवाबोझीका देवबहादुर बोहरा फरार भएका छन्। प्रहरीले चालक बोहराको खोजी भइरहेको जानकारी दिएको छ। उनीहरू स्थानीय ७४ वर्षका हर्क बोहराको अन्तिम दाहसंस्कारका लागि लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित कर्णाली नदी किनार गइरहेका बेला दुर्घटनामा परेका हुन।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..