काठमाडौँ, असोज ३० : सरकारले विभिन्न ११ देशमा रहेका आवासीय राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चीन, अमेरिका, बेलायत, साउदी अरब, जापान, जर्मनी, इजरायल, मलेसिया, रुस, कतार र स्पेनका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सरकारले राजदूतलाई आगामी तीन साताभित्र नेपाल फर्किन निर्देशन दिएको हो।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!











