काठमाडौँ, असोज २८ गते । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मङ्गलबार सुनको मूल्य तोलामा आठ हजार एक सय रुपियाँले बढेको जनाएको छ ।
महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई लाख ४८ हजार पाँच सय रुपियाँ कायम भएको हो ।
सोमबार छापावाल सुन तोलामा दुई लाख ४० हजार चार सय रुपियाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो ।
यसैबिच, चाँदीको मूल्य मङ्गलबार बढेर तोलामा तीन हजार ३२५ रुपियाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।
सोमबार चाँदी तोलामा तीन हजार २२० रुपियाँ कायम भएको थियो ।