कल्याणपुर (सप्तरी), असोज २१ : सप्तरीको कञ्चनरुप नगरपालिकामा वेवारिसे अवस्थामा एक व्यक्तिको शव फेला परेको छ। नगरपालिकाको वडा नम्बर ५ पथरीस्थित त्रियुया नदीको किनारमा बेवारिसे अवस्थामा शव फेला परेको हो।
सोमबार साँझ त्रियुगा नदी किनारमा रुखको हाँगामा अड्किएको अवस्थामा १२ वर्ष उमेरको महिला वा पुरुष छुट्याउन नसकिने अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।
कुहिएको अवस्थामा शव भेटिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएको थियो। प्रहरीका अनुसार कानुनी प्रक्रिया पूरागरी उक्त शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको छ। शवको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनुभयो ।
– विनय कर्ण
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















