१९ असोज, भक्तपुर : अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको साँगामा खसेको पहिरो पन्छाएर दुईतर्फी सवारी संचालन भएको छ। शनिबार राति पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। सरकारले लामो रुटका सवारीसाधन बन्द गरेपनि भक्तपुर-काभ्रे खण्डमा फसेका सवारी साधनहरू काठमाडौँ आउन पाएका थिएनन्।
आइतबार बिहान वर्षा रोकिएको र पहिरो पन्छाएर सवारी आवत्जावत सहज बनाइएको जिल्ला ट्राफिक कार्यालय भक्तपुरका प्रमुख प्रदिप खत्रीले जानकारी दिए। उनका अनुसार काभ्रेसम्म सवारी साधन आउन जान दिइएको छ।
– सुन्दर शिल्पकार