मुस्ताङ । मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा रु नौ करोड ७० लाख ६४ हजार राजस्व संकलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका माल वस्तुबाट भन्सारले उक्त राजस्व संकलन गरेको हो ।
कोरला नाका ११ दिन अघि पूर्ण रूपमा सञ्चालनमा आएको थियो । तर, कार्यालयको आन्तरिक तयारी तथा व्यवस्थापन गर्नुपर्ने भएकाले कार्यसम्पादन सोमबारदेखि सुरु गरिएको थियो । चीनतर्फ भन्सार जाँच पास गरी कोरला नाकाबाट हालसम्म १६१ विद्युतीय कारसहित ८५ मालवाहक मझौला कन्टेनर कोरला नाकाको चिनियाँ भन्सारबाट मालवस्तु लोड गरी भन्सार कार्यालय न्हेचुङमा जाँच पासका लागि रोकिएका मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए ।
चिनियाँ भन्सारबाट जाँच पास भई मुस्ताङ भन्सारमा जाँच पासका लागि रोकिएका ८५ कन्टेनरमध्ये हालसम्म ४५ कन्टेनरको भन्सार जाँच पास भइसकेको उनले बताए । यहाँबाट जाँच पास भइसकेका ४५ मालवाहक कन्टेनरबाट उल्लेखित भन्सार राजस्व संकलन भएको हो ।
मुस्ताङ भन्सारबाट नेपाली मालवस्तु चीनतर्फ निकासका लागि दुई गाडीको भन्सार जाँच पास भइसकेको भन्सार प्रमुख खड्काले बताउनुभयो । चीनतर्फ निकासी भएका सामान हस्तकलाका सामग्री हुन् । चीनबाट आयात गरिएका दसैँ लक्षित मालवस्तु लोड गरिएका कन्टेनरमध्ये जाँच पास भइसकेका ४५ कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरिसकेको र जाँच पास हुन बाँकी ४० कन्टेनरको भन्सार जाँच पास हुन बाँकी रहेको भन्सार प्रमुख खड्काको भनाइ छ । यसैगरी चीनबाट आयात गरिएका १६० विद्युतीय गाडीको पनि भन्सार जाँच पास हुन बाँकी रहेको उनले बताए ।
चीनबाट आयात गरी मुस्ताङ भन्सारमा जम्मा भएका कुनै पनि विद्युतीय गाडीको हालसम्म जाँच पास भई नसकेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । भन्सार कार्यालयमा सीमित कर्मचारी हुँदा भन्सार जाँचपासमा ढिलाइ भएको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाले चीनबाट आयात हुने माल वस्तुको मुस्ताङ भन्सारमा जाँच पास तथा आयात वस्तुका लागि प्रतितपत्र (एससी) खोल्न पर्ने व्यवस्था गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















