१९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचनमा मात्रै नभइ ०८४ को निर्वाचनमा पनि एक्लै चुनाव लडेर माओवादीलाई आफ्नो पहिचानसहित स्थापित गर्ने दाबी गरेका छन्। शनिबार काठमाडौँको जडिबुटीमा दोलखाका जिल्लावासीसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
‘गौरिशंकर गाउँपालिकामा उपाध्यक्षको निर्वाचन हुँदैछ। यो पटक हामी समीक्षा गर्दैछौँ। कहिले कांग्रेससँग, कहिले एमालेसँग समीकरण गरेर निर्वाचन लड्दा लड्दा कताकता माओवादीकै पहिचान हराउन लागेको हो कि भन्ने आशंका सर्वत्र भएको छ, यो पटक हामी आफ्नै खुट्टामा उभिएर, अहिलेमात्रै होइन ८४ को निर्वाचनमा पनि माओवादी एक्लै १६५ सिट र ३३० प्रदेश र सबै पालिकामा एक्लै चुनाव लडेर माओवादीलाई आफ्नो पहिचानसहित स्थापित गर्ने हामीले संकल्प लिँदैछौँ।’ अध्यक्ष प्रचण्डले भने । साथै, उनले जनताको सेवामा लाग्न आग्रह गर्दै विपद्को बेलामा स्वयंसेवामा खटिन कार्यकर्तालाई निर्देश गरे।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















