09/13/2025, 21:38:09
शनिबार, भदौ २८, २०८२

प्रतिनिधि सभा विघटनको घोषणाप्रति असहमत छ : शंकर पोखरेल


काठमाडौं, भदौ २८ : नेकपा (एमाले) ले प्रतिनिधि सभा विघटनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै सो कुरा बताउनुभएको हो ।

प्रतिनिधिसभा विघटनको घोषणाको संवैधानिक वैधता नरहेको बताउँदै महासचिव पोखरेलले भन्नुभएको छ, “हाम्रो पार्टी प्रतिनिधिसभा विघटनको यस घोषणाप्रति असहमत छ । प्रतिनिधिसभा विघटनपछि हुने संवैधानिक रिक्तता र त्यसले सिर्जना गर्ने राजनीतिक जटिलताप्रति गम्भीर तथा चिन्तित छ ।

एमालेले भदौ २३ र २४ गते भएको घटनाको निष्पक्ष छानविनको माग गर्दै दोसीहरुलाई कारवाहीको माग गरेको छ । कुनै पनि भ्रष्टाचारको छानविन आयोग गठन गर्ने र कुनै पनि प्रकारको भ्रष्टाचारको छानविनका लागि उच्चस्तरीय आयोग गठन गर्नेमा पार्टीको विमति नरहने एमालेले प्रष्ट पारेको छ । त्यस्तो छानविनलाई पार्टीको तर्फबाट सहयोग रहने महासचिव पोखरेलले बताउनुभएको छ ।

अहिलेको असमान्य परिस्थितिमा नेपालको संविधान, लोकतान्त्रिक गणतन्त्र र आन्दोलनका अन्य उपलब्धीहरुको रक्षाका लागि संविधान पक्षधर शक्तिहरुको निरन्तर संवाद, समझदारी निर्माण र सहकार्यमा एमालेले जोड दिएको छ ।