काठमाडौँ, भदौ २७ : जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमध्ये काठमाडौं उपत्यकादेखि विभिन्न जिल्लाका नागरिक रहेका छन्।
प्रहरीका अनुसार मृत्यु हुनेमध्ये तीन जना प्रहरी र एक भारतीय महिला पनि परेका छन्। हालसम्मको तथ्यांकअनुसार उपत्यकामा भएको झडपमा मृत्यु हुनेको संख्या उच्च रहेको छ भने अन्य जिल्लामा पनि थप घटना घटेका छन्।
प्रदर्शनमा २१ जना गोली लागेर मृत्यु भएको हो भने १८ जनाको शव विभिन्न जलाइएका घरभित्र भेटिएको हो । त्यस्तै, बाँकी ९ जना विभिन्न कारागारमा कैदीबीच झडप हुँदा मृत्यु भएको जनाइएको छ ।