08/22/2025, 21:14:22

‘भारत र चीनको समझदारीले नेपालको सार्वभौम अधिकारमा गम्भीर आघात पुग्यो’


काठमाडौँ, भदौ ६ : समाजवादी मोर्चा, नेपालले भारत र चीनबीचको समझदारीले नेपालको सार्वभौम अधिकारमा गम्भीर आघात पुगेको बताएको छ।

शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै मोर्चाले लिपुलेक व्यापारिक नाका सुचारु गर्ने भारत र चीनको सहमतिप्रति गम्भीर ध्यान आकर्षित भएको उल्लेख गर्दै यस्तो बताएको हो। मोर्चाको विज्ञप्तिम भनिएको छ, ‘लिपुलेकबारे भारत र चीनले  गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात पुगेको छ।

विज्ञप्तिमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल माओवादी क्रान्तिकारीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव र नेसपा अध्यक्ष महेन्द्र राय यादवले हस्ताक्षर गर्नुभएको छ।