08/20/2025, 21:56:42

रवि लामिछाने दुब्लाएको देखेँ : अध्यक्ष प्रचण्ड


काठमाडौँ, भदौ ४ : माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले सहकारी ठगी प्रकरणमा पुर्पक्षमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् । बुधबार अपराह्न ललितपुरको नख्खु कारागारमा पुगेर दाहालले लामिछानेसँग भेट गरेका हुन् । भेटपछि सञ्चारकर्मीलाई दाहालले भने, ‘रवि लामिछाने दुब्लाएको देखेँ ।

पूर्वप्रधानमन्त्री दाहालले अदालतले तोकेको धरौटी बुझाउँदा पनि लामिछानेलाई थुनामै राखेर राजनीतिक प्रतिशोध साँधिएको दाबी गरे । एमाले र कांग्रेसको रवैयाले आफ्नो पार्टीलाई फाइदै भएको रविको बुझाइ रहेको समेत दाहालले सुनाए ।

उनले उपसभामुख इन्दीरा रानालाई हटाउन खोज्नु पनि गलत रहेको बताए । सहकारी ठगीको आरोपमा पुर्पक्षका लागि रूपन्देही कारागारमा राखिएका लामिछानेलाई शनिबार नख्खु कारागार ल्याइएको हो ।