काठमाडौँ, साउन २९ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय पुँजीको संरक्षण लागि आफ्नो पार्टी निरन्तर सङ्घर्षरत रहिरहने बताउनुभएको छ।
उहाँले राष्ट्रिय पुँजीको संरक्षण गर्न युवाहरुको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो। आज प्रविधि र उद्यमशिलतामा सक्रिय युवालाई आफ्नो पार्टीमा स्वागत गर्दै उहाँले राज्यको नीति निर्माण तहमा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो।

पार्टीमा प्रवेशी युवालाई आगामी दिनमा पार्टीको नीतिगत तथा सङ्गठनात्मक अभियानमा सक्रिय योगदान गर्दै उत्पादन र उद्यमशिलतामा लाग्न आग्रह गर्नुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












