काठमाडौँ, साउन २८ : सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ।
काठमाडौँमा बुधबार स्वावलम्बन विकास केन्द्र ३४ औं वार्षिक उत्सव एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विकास र समृद्धिका नै दुई ठुला राजनीतिक दल एक भएर सरकार चलाउनुपरेको सुनाउनुभयो।
अहिले सरकार स्थिर छ, त्यसैले ससाना निजी क्षेत्रमा लगानी गरेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा उहाँले राख्नुभयो। कार्यक्रममा स्वावलम्बन विकास केन्द्रले यो वर्षको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई प्रदान गरेको छ ।
सञ्चारमन्त्री गुरुङले दुई लाख रुपियाँको उक्त पुरस्कार संस्थालाई प्रदान गर्नुभयो। त्यस्तै, दुई लाख रुपियाँ राशिको शङ्करमान श्रेष्ठ लघुवित्त पुरस्कार सांसद योगेन्द्र मण्डललाई प्रदान गरिएको छ।
स्वावलम्बन विकास केन्द्रले प्रदान गर्ने अर्को उत्कृष्ट लघु उद्यमी सदस्य पुरकार उद्यमी, विमला थारू, जमुना घिमिरे र आशा बुढामगरले प्राप्त गर्नुभएको छ। उहाँहरुको पुरस्कार राशि ५०/५० हजार रुपियाँ छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















