१९ साउन, काठमाडौं : माओवादी स्थायी समितिमा बैठकमा घेराबन्दीमा परेका उपमहासचिव जनार्दन शर्माले विधिअनुसार चल्ने बताएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् ।
अध्यक्ष पुष्पकमल दाहालको सार्वजनिक मञ्चमा आलोचना गरेका शर्मालाई लिखित आत्मालोचना गर्ने दबाब दिइएको थियो । सापकोटाले पार्टीमा गुट उपगुट अन्त्य गर्ने सहमति भएको सापकोटाले बताए ।
‘पार्टी रूपान्तरणको अभियानमा व्यवहारिक रूपमा जान गुट उपगुट र स्वार्थ समूह विघटन गर्ने संकल्प भएको छ । त्यसो भयो भने निर्णयविपरित गए कारबाहीको दायरामा ल्याइने छ,’ उनले भने, ‘विधानविपरीत गए कारबाहीका लागि अनुगमन समिति बनाउने भनिएको छ । पार्टी शुद्धीकरण र रूपान्तरणका लागि धेरै राम्रो निर्णय गरेको छ । आचारसंहिता, नियमावली बनाउने भएको छ। विधि पद्धतिमा चल्ने संकल्पन गरिएको छ ।’
प्रवक्ता सापकोटाले बैठकमा फरक मतबारे खुला छलफल भएको बताए । ‘जनार्दन शर्माको भनाइबारे छलफल खुला भयो । विस्तृत रूपमा चल्यो । माइन्युटान सही गर्नु भएको थिएन । सही गर्छु भन्नु भएको छ,’ उनले भने, ‘अध्यक्षले भनेका कुरामा अलिकति महसुस गर्नु भएको छ । साउन ६ मा दिएको अभिव्यक्तिमा आत्मालोचना गर्नु भएको छैन । त्यस विषयमा उच्च जनवादी वातवारणमा छलफल गर्दै जाने कुरा भएको छ । पार्टी फुट्छ भन्ने चर्चा चलेको थियो तर पार्टी एकतावद्ध जाने कुरामा स्थायी समिति बैठक सफल भएको छ ।’
नेक्रवित्रम चन्दसँग एकता गर्ने गर्ने निर्णय पनि स्थायी समिति बैठकले गरेको प्रवक्ता सापकोटाको भनाइ छ । ‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय भएको छ,’ उनले भने ।