07/14/2025, 21:26:15

नदीले बगाउँदा एक जनाको मृत्यु


बाजुरा, ३० असारः बुढीगङ्गा नगरपालिकामा बुढीगङ्गा नदीले बगाउँदा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुढीगङ्गा–२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । उहाँका अनुसार बुढीगङ्गा–३ र ६ मा पर्ने बुढीगङ्गा नदीको किनारमा दाउरा निकाल्ने क्रममा नदीले बगाएर उनको मृत्यु भएको हो ।

दाउरा ल्याउन गएका बुढथापा घर नफर्किएपछि खोजी गर्दा करिब एक किलोमिटर तल नदीको किनारमा शव भेटिएको प्रहरी नायब उपरीक्षक हवारीले बताउनुभयो । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..