८ भदौ, काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघ काठमाडौं शाखाका सदस्य एवं नेसनल न्यूजका सम्पादक तथा मेगा टेलिभिजनमा कार्यरत पत्रकार भरत लामिछानेमाथि अपरिचित व्यक्तिबाट भएको आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
पत्रकार लामिछानेले आफूमाथि भएको आक्रमणको विवरणसहित नेपाल पत्रकार महासंघमा निवेदन दिएको महासंघले विज्ञप्तिमार्फत जनाएको छ।
असोज ४ गते शुक्रबार बिहान ७ः४५ बजेको समयमा नयाँबानेश्वर चोकबाट फुटपाथ हुँदै हिँडेर बिजुलीबजारस्थित टेलिभिजनको कार्यालय जाने क्रममा फुटपाथबाट मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरूले पछ्याएपछि ट्राफिक नियमविपरीत रहेको भनी ती अपरिचित व्यक्तिको मोबाइलबाट फोटो खिँचेपछि आफूलाई ती अपरिचित व्यक्तिहरूले जाथाभावी गालीगलौज गर्दै कुटपिट गरेको तथा मोबाइल खोसेर फोटो मेटाइ माफीसमेत माग्न लगाएको पत्रकार लामिछानेको निवेदनमा उल्लेख छ।
कुनै पनि बहानामा पत्रकारमाथि यसप्रकारको व्यवहार हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी हर्कत हो’ महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रेस स्वतन्त्रताविरोधी यो घटनाको छानबिन गरी दोषी पहिचान गरेर कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











