८ असोज, पोखरा । सूर्यदर्शन सहकारीको पुरक जाहेरीमा अनुसन्धान प्रतिवेदन बुझाउनु पहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि पोखरा जाने भएको छ। सीआईबीबाट दुई जना अनुसन्धान अधिकारी मंगलबार नै पोखरा जाने प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले बताए।
यसअघि नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा पनि सीआईबीको टोली सूर्यदर्शन सहकारी ठगीको मुद्दा अनुसन्धानका लागि खटाइएको थियो। तर रवि लामिछाने गृहमन्त्री भएपछि सीआईबीको टोली फिर्ता गरिएको थियो। यस्तै सीआईबीले गरिरहेको अन्य अनुसन्धान रोकिएको थियो।
कास्की प्रहरीले पनि अघि बढिसकेको अनुसन्धान रोकेको थियो। यो मुद्दामा रवि लामिछाने आफैँ मुछिएकाले अनुसन्धान प्रभावित भएको थियो। तर उनलाई समेत कारबाहीको दायरामा ल्याउन संसदीय छानविन समितिले सिफारिस गरेपछि पुनः अनुसन्धानलाई प्रभावकारी बनाउन सीआईबी खटाउन लागिएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी छानविन समितिको सिफारिसपछि पूर्व डीआईजी समेत रहेका गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीलाई पक्राउ गरेको छ। उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले सोमबार अनुमति दिएको छ। अदालतको अनुमति पछि प्रहरीले उनीसँग मंगलबारदेखि नै बयान लिन सुरु गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बताए।
यता रवि लामिछानेलाई भने प्रहरीले पक्राउ गरेको छैन। सहकारी छानबिन समितिले उनलाई पनि कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको छ। समितिले सिफरिस गरेका जीबी राई मलेसियामा छन् भने कुमार रम्तेल पहिल्यै पक्राउ परिसकेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















