07/09/2025, 22:45:27

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘ट्राफिक लाइट’ सञ्चालनमा


कर्णाली, २५ असारः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ट्राफिक लाइट जडान गरी आजदेखि सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगर नगरपालिकाले ट्राफिक लाइट जडान गरी सञ्चालनका लागि आजै जिल्ला ट्राफिक कार्यालयलाई हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा नगरपालिका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरलाई व्यवस्थित र सुरक्षित सहर बनाउन ट्राफिक लाइट जडान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बढ्दो सहरीकरणसँगै सवारीसाधन दिनहुँ बढिरहेका छन् । यसले सुरक्षा चुनौती, शान्त एवं सुन्दर सहर निर्माणमा चुनौती थपिएको छ । वीरेन्द्रनगरमा करिब तीन सय सिसी टिभी जडान गरिनेछ ।

उहाँका अनुसार वीरेन्द्रनगरको मङ्गलगढी, एरिचोक र दैलेख रोडमा छिट्टै ट्राफिक लाइट जडान गरिनेछ । फुटपाथ व्यवस्थापन भइरहेको छ । सवारीसाधनको गति, पैदल यात्रुहरूको आवातजावत पनि सहज गरी मुख्य सडक व्यवस्थित गर्ने नगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ